कञ्चनपुर, १६ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउदको निर्वाचन क्षेत्र कञ्चनपुर २ मा बलराम पन्तले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेस नेता पन्त क्षेत्र नम्बर २ अन्तर्गत कृष्णपुर नगर क्षेत्रमा लोकप्रिय हुनुहुन्छ ।
उहाँले कांग्रेस पार्टी परित्याग गर्दै विहिबार क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचन कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
क्षेत्र नम्बर २ को (क) मा उहाँको प्रतिस्पर्धा अब काँग्रेसबाट आधिकारिक उम्मेदवार पुष्करनाथ ओझा र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश जोशीसँग हुने भएकोृ छ ।
२०४० सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय पन्त आफूमाथि पार्टी र नेता एनपी साउदबाट धोका भएको भन्दै स्वतन्त्र उम्मेदवारीमार्फत चुनावी मैदानमा आउनुभएको हो ।
स्थानीय तहको निर्वाचनमा समेत कृष्णपुर नगरपालिकाको मेयरका आकांक्षी पन्तलाई सो क्षेत्रका कांग्रेस सांसद एनपी साउँदले प्रदेश सभामा टिकट दिने आश्वासन दिएर रोक्नुभएको थियो । तर, अहिले प्रदेशसभामा पनि टिकट नदिएर धोका दिएपछि पन्त असन्तुष्ट हुँदै प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको उनी निकट स्रोतले बतायो ।












प्रतिक्रिया