३ कार्तिक २०८३, मंगलबार

दीपाले श्रोता ‘हसाउने रुहाउने’ (भिडियो सहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । पछिल्लो समय सांगीतिक क्षेत्रमा गायक गायिकाले आफ्नो नयाँ गीत कभर भिडियोसहित सार्वजनिक गर्ने चलन चलेको छ । यो भीडमा गायिका दीपा पन्त पनि देखिएकी छन् ।

गायिका दीपाले आफ्नो नयाँ आधुनिक गीत ‘हसाउने रुहाउने’ कभर भिडियो सहित सार्वजनिक गरेकी छन् । बीआर मित्रको शब्द र तारप्रकाश लिम्बुको संगीत रहेको गीतमा उनले मधुर आवाज गरेकी छन् । उनको कभर भिडियो एक्का कम्पनीले निर्माण गरेको हो, भने छायाँकन आर्यन खड्कार बिष्णुले गरेका छन् ।

दीपा साङगीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन् । ‘दिलको बदला दिल दिए’, ‘रियालिटी’ र ‘कालो गाजल’ लगायत चार एल्बम सार्वजनिक गरेकी दीपा युवापुस्ताले रुचाइएकी गायिका हुन् । एल्बम टिनएजरले रुचाएपछि स्टेज क्विन समेत बनेकी उनी यो गीतको भिडियो पनि छिट्टै ल्याउने उनले बताइन् ।