काठमाडौं, १५ कात्तिक । कतार एयरवेजले आफ्नो २०औँ बार्षिकोत्वसको अवसरमा इकोनोमी तथा विजनेस क्लास क्वाविन दुबैमा आकर्षक तथा अपत्यारिलो मूल्यको घोषणा गरेको छ । साथै, २० जना भाग्यशाली विजेतालाई प्रिभलेज क्लब गोल्ड मेम्बरसिप अफर तथा वैश्विक सञ्जाल भरका प्रिभलेज क्लब मेम्बरहरुलाई गन्तब्य छान्न रिडेम्पशन टिकटमा ५० प्रतिशत छुटको घोषणापनि गरेको छ ।
नोवेम्बर १ देखि १० सम्म लागु हुने उक्त योजना अन्तर्गत एउटा विजनेश क्लास टिकटको मूल्यमा यात्रुले दुई ओटा विजनेश क्लास टिकट पाउन सक्छन् । त्यसैगरी, दूई इकोनोमी टिकटको मूल्य तिर्दा तीन ठान इकोनोमी क्लास टिकट पाउन सक्छन् । योजना अन्तर्गत यात्रुले सुविधाको उपयोग नोवेम्बर १–२०१७ देखि अक्टोबर ३१ २०१८ सम्मको यात्रा अवधिभर गर्न सक्छन् ।
‘हाम्रो २०औँ वार्षिकोत्सवका अवसरमा वैश्विक रुपमा आकर्षक योजनाको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हाम्रा यात्रुलाई तिनको सहयोगका लागि कृतज्ञता स्वरुप केही दिने बर्षका रुपमा हामीले यस अवधिलाई लिएका छौँ ।’ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एमब अमिनले भने ‘यसर्थमा हाम्रा ईकोनोमी तथा विजनेश क्लास क्याविनमा आकर्षक योजना उपलब्ध गराउँदै कार्य सम्पादनको सफल २० बर्ष साथमा मनाउँदै विभिन्न स्थानमा संगै जान पाउँदा हामी निकै खुशी छौँ ।’
२०औँ बार्षिकोत्सवको अवसरमा सार्वजनकि आकर्षक छुट योजनाका साथै कतार एयरवेजले आफ्ना सामाजिक सञ्जालहरुमा अक्टोवर २६ देखि २० दिने #20ReasonsToFly क्याम्पेन पनि सञ्चालन गरेको छ । क्याम्पेन अन्तर्गत २० बर्षको यात्राका दौरान कतार एयरवेजले हात पारेका महत्वपूर्ण सफलताहरु माथि प्रकाश पार्ने प्रयास गरिएको छ ।
















प्रतिक्रिया