एजेन्सी । वीन्टर अर्थात जाडो सिजन सुरु भइसकेको छ । छाला सुख्खा हुनु यो सिजनको प्रमुख समस्या हो । छाला विशेषज्ञहरुका अनुसार जाडोयाममा छालालाई मोस्चराइज अर्थात नरम राख्नु अत्यन्त जुरुरी छ, नत्र छाला सुख्खा भएर पुट्ने समस्या देखिन सक्छ । त्यसका अलवा जाडोमा छाला चिलाउने तथा -यासेज जस्ता छालासम्मबन्धी रोगहरु देखा पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा छालाको हेरचाह कसरी गर्ने त?
छालाको जतन गर्नको लागि बजारमा विभिन्न प्रकारका महंगा स्किन केयर क्रिम, कोल्ड क्रिम तथा मोस्चराइजर्सहरु पाइन्छ । तर बजारमा पाइने यस्ता क्रिमहरु प्रयोग गर्नुको साटो प्राकृतिक तरिकाले घरेलु विधीबाट छाला हेरचाह गर्नु निकै उपयुक्त हुने छाला विशेषज्ञहरु बताउँछन् । जे भएपनि प्राकृतिक कुरामा पाइने फाइदा कृतिम कुरामा कहाँ पाइन्छ र? यदि छालाको हेरचाहको लागि नियमित रुपमा घरमा नै उपलब्ध बस्तुहरुको प्रयोग गर्न सकियो भने छाला मोस्चराइज हुनुको साथै नरम, राम्रो र चम्किलो पनि रहन्छ । प्राकृतिक विधिमा कुनै किसिमका साइड इफेक्ट पनि हुँदैन । जाडोमा छालाको हेरचाहको लागि तपाईले निम्न प्राकृतिक कुराहरुको प्रयोग गर्न सक्नुहुन्छः
१. मलाई
दुधलाई एक घण्टा ८० डिग्री सेन्टीग्रेटमा तताएर मलाई बनाउने गरिन्छ । मलाई एक अत्यन्त उपयोगी मोस्चराइजर हो । छालालाई सफा गरेर चम्किलो बनाउनमा मलाई निकै महत्वपूर्ण छ ।
प्रयोगः मलाईमा एक चिम्टी बेसार र थोरै मह राखेर पेस्ट बनाउने । सो पेस्ट छालामा लगाई मालिस गरेर १० मिनेटपछि सफा पानीले पखाल्ने । यसले छाला चम्किलो र नरम बनाउदछ ।
२. केरा
केरामा भएको भिटामिन ‘ए’ र ‘सी’ले रुखो तथा ड्यामेज्ड छालालाई रिपेयर (ममर्त) गर्ने काम गर्दछ । यसले छालालाई मोस्चराइज गर्नुका साथै प्राकृतिक रुपमा चम्किलो बनाउँदछ ।
प्रयोगः केराको पेस्टमा आधा चम्चा मह मिसाएर छालामा लगाउने । र २० मिनेट पछि मनतातो पानीले धुने । यसो गर्दा छाला मोस्चराइज्ड र चम्किलो हुन्छ ।
३. नरिवलको तेल
यसमा भएको लौरिक एसिडले छालालाई भित्रैदेखि मोस्च
राइज्ड राख्दछ । यसमा भएको एण्टी माइक्रोबाय
ल गुणले छालालाई चाउरिनबाट जोगाउँदछ ।
प्रयोगः नरिवलको तेललले शरिरको बाहिरी भागमा तथा चाउरिएको भागमा लगाएर मानिस गर्न सकिन्छ ।
४. बटरमिल्क
यसमा हुने ल्याक्टिक एसिड धेरै महंगा महंगा क्रिमहरुमा प्रयोग गर्ने गरिन्छ । जसले छालालाई मोस्चराइज गराएर योङ देखाउनमा मद्यत गर्छ ।
प्रयोगः यसलाई कटन अथवा कुनै सफा कपडाको टुक्रमा भिजाएर छालाको क्लिन्सीङ गर्ने । र दश मिनेट पछि सादा पानीले धुने ।
५. मह
मह प्राकृतिक रुपमा एण्टी–ब्याक्टेरियल तथा एण्टी अक्सीडेण्ट हुने भएकाले यो छालाको लागि निकै फाइदाजनक छ । यो छालामा नियमित रुपमा लगाउनाले छाला सफा, नरम र चम्किलो हुन्छ ।
प्रयोगः दुई चम्चा महलाई आधा गिलास मनतातो पानीमा मिसाएर लगाउने । र १५ मिनेछ पछि मनतातो पानीले नै धुने ।
६. काँक्रो
काँक्रो पानीको मात्रा निकै धेरै हुने भएकाले यसले छालालाई हाइड्रेटेट राख्नमा मद्यत राख्छ । यसमा भएको मिनेरल्स (खनिज) र न्युट्रियण्टस् (पोषक तत्व)ले रक्त सञ्चारलाई राम्रो बनाउँछ । जसले छालामा भएको चाउरिपनालाई हटाउँछ ।
प्रयोगः काँक्रोलाई सलादको रुपमा खान सकिन्छ । काँक्रोको स्लाइस बनाएर आखाँमा राख्ने । काँक्राको पेस्टमा केही थोपा मह राखेर छालामा लगाउने ।
७. साबूदाना
साबूदानाले प्राकृतिक क्लिन्जरको काम गर्दछ । जसले छालालाई स्मुथ (निर्मल) राख्छ । यसमा भएको प्रोटिन र आइरनले छालालाई स्वस्थ राख्दछ ।
प्रयोगः साबूदानालाई पिनेर त्यसमा थोरै दुध र मह राखेर पेस्ट बनाउने । त्यसलाई छालामा लगाएर आधाघण्टापछि धुने ।















प्रतिक्रिया