मुम्बई । न कुनै हाईफाई रेस्टुरेण्ट, न म्युजिक या न कुनै डायमण्ड रिङ (हिराको औठी) । अभिषेक बच्चनले ‘गुरु’ फिल्ममा प्रयोग भएको औठी दिएर ऐश्वर्यालाई विवाहको लागि प्रपोज गरेका थिए ।
एक अन्तर्वातामा अभिषेकले बताएका छन् कि ऐश्वर्यालाई विवाहको प्रस्ताव राख्नुभन्दा केही वर्षअघि उनी अमेरिकाको न्युयोर्क सहरमा एउटा फिल्मको सुटिङमा थिए । सोही समयमा एक रात होटलको बालकुनीमा बसिरहेको अवस्थामा ऐश्वर्यासँग विवाह गर्ने उनको मनमा विचार आयो । त्यसको केही वर्षपछि टोरोण्टोमा ‘गुरु’ फिल्मको प्रिमियर सकाएपछि जब सबै स्टारकास्ट न्यूयोर्क पुग्यो तब अभिषेकले ऐश्वर्यालाई सोही होटलको बालकुनीमा लगेर प्रपोज गरे ।
ऐश्वर्याले पनि विना कुनै हिचकिचाहट अभिषेकको विवाहको प्रस्ताव स्वीकार गरिन् । सोही दिनबाट यी दुई कपलको सम्बन्धले नयाँ मोड लियो । त्यहाँबाट मुम्बई फर्कनेबित्तिकै दुबैले आफ्नो परिवारलाई यो कुरा सेयर गरे । १४ जनवरी २००७ मा अमिताभ बच्चनको घरमा यी दुई जनाको इन्गेजमेन्ट भयो र त्यसको तीन महिना पछि २० अप्रिलमा उनीहरु विवाह बन्धनमा बाँधिए ।
तर यी दुईको रोमान्स भने निकै अघिदेखि नै सुरुभएको थियो । फिल्म ‘कुछ न कहो’को सुटिङका दौरान अभिषेक ऐश्वर्याको प्रेममा परेका थिए । यो फिल्मको सुटिङ भइरहेको समयमा ऐश्वर्याका पूर्वप्रमी सलमान खान सुटिङस्थलमा पुगे र ऐशसँग नराम्रो व्यवहार गरे । यो कुरा अभिषेकलाई निकै नराम्रो लागेको थियो । यो फिल्मको सुटिङपछि नै ऐश र अभिषेकको भेटघाट बाक्लिएको थियो । -एजेन्सी















प्रतिक्रिया