काठमाडौं । सुरज मगरले निर्माण गर्न लागेको फिल्म ‘मेरो गीत’ले कात्तिक २७ गतेदेखि छायाँकन सुरु गर्ने भएको छ । ‘मेरो गीत’को शुभमुहूर्त मंगलबार चाबहिलमा गरिएको छ ।
‘मेरो गीत’लाई एकान्त मगरले छायाँकन गर्ने छन् । फिल्मको नायक शीतल के.सी. हुन् । छायाँकन अगाडि फिल्मको आन्तरिक तयारी भइरहेको नायक के.सी.ले जानकारी दिए ।
फिल्मको छायाँकन हेटौँडा, सर्लाही र काठमाडौंका विभिन्न स्थानमा हुनेछ । ‘प्रेम गीत’ लभस्टोरीमा बनेको नायक के.सी.ले बताए । फिल्मको कथा निर्देशक मगरले लेखेका हुन् ।
‘मेरो गीत’लाई आगामी नयाँ वर्षमा रिलिजको लक्ष्य राखिएको निर्देशक एकान्त मगरले जानकारी दिए । उनले भने, ‘छायाँकनमा जाँदैछौँ । २०७५ सालको वैशाख पहिलो साता रिलिजको लक्ष्य राखेका छौँ ।’
‘मेरो गीत’मा नायक शीतल के.सी.का अलावा सिरेश थापा, सुजाता दाहाल, लक्ष्मण बस्नेत, कोपिला थापा, विवेक यादव, दिनेश अकाल लगायतको अभिनय रहनेछ । फिल्ममा संगीत डिबी लामाको रहेको छ ।
















प्रतिक्रिया