अमेरिका । हरेक वर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् ।
बिशेष गरी अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् ।
अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जन पूर्वक मनाउन थालेका छन् ।
नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्तसंग हलोविन पर्व मनाएका छन् ।
आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा गै २०१ ७ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।
विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् ।
अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेलेका छन् ।
















प्रतिक्रिया