२९ आश्विन २०८३, बिहिबार

यी १० खानेकुरा हुन् स्लो पोइजन, यिबाट टाढै रहे राम्रो

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । वर्ल्ड क्यान्सर रिसर्च फण्डले गरेको एक अध्ययनले बढि नुनिलो खानेकुराले पेटको क्यान्सरको जोखिम निम्त्याउन सक्ने देखाएको छ । तर नुनिलो खानेकुरा मात्रै नभई केही यस्ता खानेकुरा छन् जसलाई चिकित्सकहरु स्लो पोइजन भन्ने गर्दछन् । यस्ता खानेकुराहरु खानाले रोगको संक्रमण अत्याधिक बढ्ने गर्दछ । जान्नुहोस् यी खानेकुराको बारेमा जसले बढाउँछ रोगको जोखिमः

१. फास्ट फूड:

फास्ट फुडमा मिसाइने प्रिजर्भेटिभ्स तथा मोनोसोडियम ग्लुटामेटले क्यान्सर निम्त्याउन सक्छ । यसले मृगौला तथा कलेजोको समस्याको जोखिमलाई पनि बढाउँदछ ।

२. फ्रोजन फूड

यसमा मिसाइने आर्टिफिसियल कलर (कृतिम रंग) तथा प्रिजर्भेटिभ्सका कारण हार्ट अट्याक (हृदयघात) र ब्रेन स्ट्रोक (मस्तिष्कघात) हुनसक्छ । यसबाट क्यान्सरको जोखिम पनि उत्तिकै बढ्छ ।

३. वनस्पति घ्यु

यसमा भएको ट्रान्स फ्याट्सले मोटोपन बढाउँदछ । यसबाट क्यान्सर पनि हुन सक्ने सम्भावना हुन्छ । यसले हृदयघात तथा मस्तिष्कघातको जोखिम बढाउँछ ।

४. चिनी

यसले रगतमा चिनीको मात्रा बढाउँदछ । चिनीको अत्याधिक प्रयोगले डायबिटिज (मधुमेह) हुनसक्छ । यसबाट मुटु सम्बन्धी रोग, कलेजो तथा मृगौला सम्बन्धी रोग पनि लाग्न सक्छ ।

५. जाइफल

यसमा मिरिस्टीसिन नामक तत्व रहेको हुन्छ । यसको कारण बारम्बार मुटुको धड्कन बढ्ने गर्दछ । यसले वाकवाकी लाग्न सक्छ । यसको अत्याधिक सेवनले मस्तिष्कको कार्यक्षमतामा ह्रास ल्याउन सक्छ ।

६. कोल्ड ड्रिङ्क्स

यसमा चिनी र फोस्फोरिक एसिडको मात्रा ज्यादा हुने गर्दछ । अत्याधिक कोल्ड ड्रिङ्क्सको सेवनले मुटु सम्बन्धी रोगको जोखिम बढ्ने गर्दछ । यसको अत्याधिक सेवनले मस्तिष्कको क्षमतामा ह्रास पनि ल्याउन सक्छ ।

७. मैदा

मैदा बनाउँदा यसबाट फाइबर तथा भिटामिन निकाल्ने गरिन्छ । मैदाबाट बनेको खानेकुरा खानाले रगतमा चिनीको मात्रा अनियन्त्रित हुने गर्दछ । यसबाट मृगौला तथा कलेजो सम्बन्धी रोग लाग्न सक्छ । हृदयघात जस्तो मुटु सम्बन्धी रोगको जोखिम पनि बढ्न सक्छ ।

८. टुसाएको आलु

यसमा ग्लाइकोअल्कालोइड्स भन्ने तत्व हुन्छ । टुसाएको आलु लगातार खानाले माइग्रेन हुनसक्छ । यसबाट पखाला पनि लाग्न सक्छ ।

९. च्याउ

काँचो च्याउमा कार्सिनोजेनिक कम्पाउण्ड हुन्छ । यो तत्व क्यान्सरको मुल कारण हो । काँचो च्याउ खाएमा क्यान्सर लाग्न सक्ने सम्भावना हुन्छ । यसकारण च्याउलाई राम्रोसँग उमालेर मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।

१०. नुन

नुनमा सोडियमको मात्रा अधिक रहेको हुन्छ । धेरै नुनिलो भएको खानेकुरा खानाले उच्च रक्तचापको समस्या देखिन सक्छ । जसको कारणले हृदयघात पनि हुन सक्छ । यसबाट क्यान्सर तथा ओस्टियोपोरोसिस नामक हाड कमजोर हुने रोगको जोखिम बढ्न सक्छ ।