मुम्बई । चलचित्र ‘सिंह इज किङ’मा अक्षय कुमारको अभिनयलाई धेरैले रुचाएका थिए । सन् २००८ मा रिलिज भएको सो फिल्ममा अक्षयको अभिनय दमदार रहेको धेरैले मानेका छन् । अक्षयबिना फिल्म अधुरो हुने धेरैको बझाई छ ।
‘सिंह इज किङ’ त्यो समयको सुपर हिट फिल्म हो । त्यसैकारण पनि यसको सिक्वेल बन्ने भएको छ । तर यसको सिक्वेलमा अक्षय कुमारलाई भने देख्न पाइने छैन । अक्षयलाई बलिउडका अर्का सुपर स्टार रणविर सिंहले रिप्लेस गर्दैछन्, नयाँ सिक्वेलमा । तर फिल्ममा साइन गर्नुअघि रणविरले प्रोड्युसर शैलेन्द्र सिंहसँग एउटा यस्तो सर्त राखेका छन्, जसले सबैलाई आश्चर्य चकित पारेको छ । र यसलाई बलिउडमा अक्षय र रणविरविचको दोस्तीको परिणाको रुपमा लिएका छन् ।
रणविरले फिल्मको लागि स्वयम् अक्षयले स्वीकृति दिएपछि मात्रै आफूले फिल्ममा साइन गर्ने बताएको प्रोड्युसर शैलेन्द्र सिंहले खुलासा गरे । रणविरले ‘सिंह इज किङ’को सिक्वेलमा आफूलाई काम गर्ने इच्छा भएपनि अक्षयसँगको दोस्तीमा कुनै असर परोस् भन्ने नचाहेको बताए । यसैकारण पनि रणविरले यसमा काम गर्नुअघि अक्षयको स्वीकृति मागेका हुन् ।
यस्तो घटना बलिउडमा पहिलो पटक भने भएको होइन । यसअघि पनि अर्जुन कपुरले फिल्म ‘नमस्ते लण्डन’को सिक्वेल ‘नमस्ते क्यानडा’मा साइन गर्नुअघि अक्षयको स्वीकृति मागेका थिए । त्यति बेला अक्षयले अर्जुनलाई खुसीसाथ स्वीकृति दिएका थिए ।















प्रतिक्रिया