३ कार्तिक २०८३, मंगलबार

मिस वर्ल्डमा निकिताले महिनावारीको प्रोजेक्ट देखाउने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन् ।

विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीहरूलाई उनले नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन् ।

‘विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीलाई नेपालको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुले बनाएको सुर्के थैली बाढ्न पाउँदा खुसी छु’, सामाजिक सञ्जालमा फोटो राख्दै उनले लेखेकी छिन् ।

‘विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीलाई नेपालको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरूले बनाएको सुर्के थैली बाढ्न पाउँदा खुसी छु’, उनले लेखेकी छिन् ।

नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपालले डान्स अफ द वर्ल्ड अडिसन, प्रोफाइल फोटोसुट र ट्यालेन्ट रिकल्स् लगायत कार्यक्रमा सहभागी हुनेछिन् । मिस वर्ल्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला हुँदैछ ।

मिस वर्ल्ड प्रतियोगिताको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरूको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन् ।

मिस वर्ल्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरू सहभागी छन् ।