१ कार्तिक २०८३, आइतबार

नपीपीएको अध्यक्ष पदमा राजु जोशी निर्वाचित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवाः संस्कृति, भाषा, कला र परम्परालाई जगेर्ना गर्ने उदेश्यले स्थापित नेपाः पासा पुचः अमेरिकायको २६ औ वार्षिक उत्सवबाट अध्यक्ष पदमा राजु जोशी निर्वाचित भएका छन् ।

आगामी २०१७ – २०१९ सम्मको लागि जोशी अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदमा सबै उम्मेदवारहरु सर्बसम्मतबाट निर्वाचित भएका छन् ।

जोशी अध्यक्ष पदमा निर्वाचित भएपछि उनले सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले संस्थाको गरिमा र समुदायमा खेलेको भूमिकाप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

समितिको उपसभापतिमा मनोहर श्रेष्ठ र बुद्ध महर्जन निर्वाचित भएका छन् । महासचिवमा कृतिश्मा श्रेष्ठ र कोषाध्यक्षमा एलन महर्जन निर्वाचित भएका छन् ।

सदस्यहरुमा शान्ति श्रेष्ठ, मगन श्रेष्ठ, सरिता डङ्गोल, राजु तमोट, सुमन तुलाधर, सराना श्रेष्ठ, अनघ श्रेष्ठ तथा निलेश महर्जन निर्वाचित भएका छन् ।