१ कार्तिक २०८३, आइतबार

अमेरिकामा ‘मह’को म पुस्तक विमोचन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । अमेरिकामा वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीसम्बन्धि लेखिएको महको म पुस्तक विमोचित भएको छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवाः संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देस्यले स्थापित नेपाः पासा पुचः अमेकाको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ वार्षिक उत्सवमा उक्त पुस्तक बिमोचन गरिएको हो ।

नेवाः संस्कृतिको जगेर्ना गरौ भन्ने नारा बोकेको संस्थाले आफ्नो वार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिकाको बिमोचन गर्नुका साथै महको म पुस्तकको पनि बिमोचन गरिएको हो ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बुवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि बिमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन ।