२९ आश्विन २०८३, बिहिबार

नाङ्गै घुम्न पाइने पार्क, सबैका लागि खुला

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । फ्रान्सको पेरिसमा पहिलोपटक नग्नता मन पराउनेहरुका लागि नग्न पार्क खुलेसँगै उक्त पार्क चर्चित हुन थालेको छ ।

सानो बाटोले छुने अर्द्ध एकान्तमा रहेको बोइस डे भिन्सेन्नेस पार्कमा १० जना प्रकृतिप्रेमी घाँसमा पल्टिएर तातो घाममा शरीर सेकाउँदै छन् ।

फ्रान्सको राजधानीमा धेरै पहिलेदेखि नै यस्तो पार्कको आवश्यकता रहेको भन्दै माग गरिए पनि बल्ल यतिबेला सो धोको पूरा भएको छ ।

त्यहाँको मेयर अफिसले नग्न पार्कको स्थापना अझै प्रयोगात्मक चरणमा रहेको बताउँदै ‘खुला मन भएका मानिसहरु र खुला सार्वजनिक स्थान चाहनेहरुको पहलमै यस्तो पार्कको अवधारणा आएको’ बताएको छ ।

उक्त पार्कमा आउजाउ गर्नेका लागि नग्न केन्द्रमा जान ठूलो सूचना टाँसेर सतर्क गराइएको छ । उक्त नग्न पार्क अक्टोबर १५ देखि बिहान आठ बजेदेखि बेलुका साढे सात बजेसम्म खुला हुनेछ ।

फ्रान्समा रहेका ४०० भन्दा धेरै प्रकृतिप्रेमीहरुका लागि बनाइएका बिच र क्याम्प साइटमा लाखौंको संख्यामा मानिसहरुले नग्नताका पक्षमा उभिएर नग्न रुपमा प्रस्तुत भएर खुला रुपमा प्रकृतिको आनन्द लिन्थे ।

त्यस्तै पेरिसको एक सार्वजनिक पुलमा साताको तीन दिन पूर्ण नग्न रुपमा पौडन छुट दिइन्छ । – एजेन्सी