अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपालीद्वारा संचालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल)का संस्थापक देवी आचार्य डेविड विश्व मानवतावादी पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन् ।
आचार्यलाई अक्टोबर २७ तारिख टेक्ससको ड्यालसमा एक समारोहबीच टेक्ससका गभर्नरले ग्लोबल हयूमानिटेरीएन अवार्ड २०१७ प्रदान गरेका हुन् ।
टेक्ससका गभर्नर ग्रेग आबोटले अन्य बिबिध क्षेत्रमा बिशेष योगदान पुर्याउनेहरु व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक उक्त पुरस्कार नेपालीलाई प्रदान गरेका हुन् ।
टेक्सस राज्यको ड्यालस वरपर रहेका असहाय, गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियलाई बियोंड बाउनडरी एनुएल २०१७ अवार्ड विनर नामक समारोहमा आचार्यद्वारा संचालित एचडीएनपी इन्टरनेसनललाई अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरे वापत पुरस्कृत गरेको हो ।
विश्व मानवतावादी पुरस्कार प्राप्त गरे पछि आचार्यले गभर्नरलाई सामाजिक संजाल मार्फत उक्त सम्मान हुन् पाएकोमा अझ आफु उत्प्रेरित भएको जनाएका छन् ।
















प्रतिक्रिया