काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप महिन्द्रा केयुभी वान ओओ कार प्रदान गरिएको छ । लामाले नगद रु २० लाख पनि पाएका छन् ।
बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ ।
गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो ।
नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए ।















प्रतिक्रिया