३ कार्तिक २०८३, मंगलबार

लिटिल आईकनमा एपेक्सकी न्यौपाने फस्ट रनरअप

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एपेक्स लाईफ स्कूलकी जिज्ञासा न्यौपानेले ‘नेपाल लिटिल आईकन २०१७’ मा फस्ट रनरअपको ताज पहिरिएकी छिन् ।

काठमाडौंको राष्ट्रिय नाचघरमा शुक्रबार भएको फिनालेमा ११ वर्षीया न्यौपानेले ताजसहित विभिन्न उपाधि र पुरस्कार पाएकी छिन् ।

‘नेपाल लिटिल आईकन २०१७’को सातौँ सिजनमा राजधानीका ४२ स्कूलले प्रतिस्पर्धा गरेका थिए । आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै न्यौपाने दोस्रो विजेता बनेकी हुन् ।

प्रतियोगिताको निर्णयक समितिमा अभिनेत्री बसुन्धरा भुसालसहितका कलाकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका हापुर स्थायी घर भएकी न्यौपाने भक्तपुरमा बसोबास गर्दै आएकी छिन् । फस्ट रनरअप बनेपछि दैनिक नेपाल डटकमसँग कुरा गर्दै भनिन्, ‘पहिलो बन्न नसकेपनि दोस्रो भएँ । खुसी लागेको छ ।’

प्रतियोगितामा भाग लिदा कस्तो लागेको छ भन्ने जिज्ञासामा उनले भनिन्, ‘रमाइलो भयो । साथीहरूसँग चिनजान भयो । ठूलो कार्यक्रममा भाग लिन पाउनु नै राम्रो हो । धेरै कुरा सिक्न पाएँ ।’