१५ कार्तिक २०८३, आइतबार

डेढ किलोमिटर घस्रिए महानगरका मेयर

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दूरी नापेर घर्सिदै छठ पूजा गर्न घाट पुगेका छन् ।

कञ्चनबारी संगमचोकस्थित घरदेखि डेढ किलोमिटर टाढा परोपकार घाटको छठ पूजास्थलसम्म साष्टांग दण्डवत् गर्दै पुगेका पराजुलीले महानगरवासीको रक्षाको कामना गरेको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले विद्यार्थीकालदेखि नै छठ पर्वमा कठिन व्रत बसेर साष्टांग दण्डवत् गर्दै पूजास्थल पुगेर छठ पूजा गर्दै आएका थिए ।

आफूले १३ वर्षदेखि गर्दै आएको आराधनालाई निरन्तरता दिन १४औँ वर्षमा पनि घस्रेर पूजास्थल पुगेको उनले बताए ।

उनले भने, ‘पहिले म आफू र परिवारको रक्षाका लागि कठिन यात्रा गरेर छठ पूजा गर्थेँ, तर अहिले भने सम्पूर्ण महानगरवासीका लागि गरेको हुँ ।’ भविष्यमा पनि यो क्रम जारी रहने उनको भनाइ छ । हिन्दू धर्ममा अगाध विश्वास गर्ने पराजुली साँझ–बिहान नित्य पूजापाठ गर्छन् ।