काठमाडौं । अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी चेली सिम्रन खड्काले चौथो स्थान हासिल गर्न सफल भएकी छन् ।
दक्षिण कोरियाको सोल शहरमा आयोजना भएको प्रतियोगितामा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात थर्ड रनरअपको अवार्ड हात पारेकी हुन् । उनले अवार्डको साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् ।
अवाडर्मा कोरियाकी चोइ यिवनसु शिर्ष अवार्ड हात पारेकी छन्, भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनरअप र मंगोलियाकी अनुदार दास दोर्जले सेकेन्ड रनरअपको उपाधि आफ्नो देश भित्र्याउन सफल रहे ।
२० देखि २४ अक्टुबरसम्म आयोजना भएको अवार्डमा सहभागी भएर सिम्रन बिहीबार साँझ स्वदेश फर्किएकी छन् । कोटेस्वर निवासी २० वर्षीया खड्काले आफूले कल्पना नगरेको उपलब्धी हात पारेको बताइन् ।
खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी अवार्डमा खड्काले नेपालको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।
बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हुँदै आएको अवार्डमा खड्का डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृति झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित सहभागी भएकी थिइन् ।















प्रतिक्रिया