२८ आश्विन २०८३, बुधबार

चुनाव विथोल्न सरकारले न्यायालयको दुरुपयोग ग-यो, प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः भीम रावल

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वाेच्च अदालतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अलग अलग मतपत्र बनाउनेबारे के तयारी छ भनी निर्वाचन आयोगसँग जवाफ मागेपछि निर्वाचन सर्छ पक आशंका उब्जिएको छ । यसै विषयमा एमालेका उपाध्यक्ष भीम रावलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीः

सर्वोच्च अदालतले निर्वाचन आयोगसँग मतपत्रका बारेमा मागेको जवाफलाई कसरी लिनुहुन्छ ?

लोकतन्त्रमा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछि जसरी सत्तापक्षबाट मुद्दा मामिलामा गएर निर्वाचनलाई रोक्नका लागि षडयन्त्र गरिएको हो । मतपत्र छाप्ने काम निर्वाचन आयोगले नियम र निर्देशिका अनुसार अगाडि बढाएको हो । पहिला अदालतले मतपत्र छापिसकेको भन्दै काम अगाडि बढाउनु भनेको थियो । अहिले फेरी सत्ता पक्षले मानहानीको मुद्दा हाल्यो ।

अब निर्वाचन आयोगले के ग-यो भने राम्रो हुन्छ ?

निर्वाचन आयोगले त जसरी काम अगाडि बढाइरहेको छ, त्यसलाई नै निरन्तरता दिनुपर्छ । अहिले त सत्तापक्षले षडयन्त्र गरेर चुनाव रोक्न खोजेको हो । न्यायपालिकाको दुरुपयोग गरेकाले सत्ताप्रति शंका उब्जिएको छ । त्यसैले दुईवटा मतपत्र छाप्नेतिर लाग्नुहुँदैन ।

अदालतको निर्णयप्रति किन आशंका गर्नुप-यो ?

हामी अदालतको निर्णय मान्छौँ । अदालतले भैसकेको कामलाई अगाडि बढाउनू भनेको छ । प्रत्यक्षतर्फको मतपत्रलाई पनि व्यवहारिक रुप्मा छाप्न भनेको थियो । तर सत्तापक्षले बारम्बार मुद्दा हालेर चुनाव प्रभावित गर्न खोजिहेको छ ।

म नेपाली कांग्रेस र सत्तापक्षलाई के भन्न चाहन्छु भने निर्वाचन प्रक्रियालाई यसरी षडयन्त्र गरेर निर्वाचन हुन नदिने कुनै काम भयो भने त्यसपछि उत्पन्न हुने सबै परिस्थितीको जिम्मेवार वर्तमान प्रधानमन्त्री हुनुपर्छ ।

निर्वाचन आयोगले दुईवटा मतपत्र छापेर पनि चुनाव गराउन सक्ने सम्भावना छ । तपाईहरु किन आत्तिनुभएको ?

मतपत्र दुईवटा छापेर मात्र हुँदैन । मतपेटिका पनि छुट्टाछुट्टै चाहिन्छ । त्यसैले कति मतपत्र र कति मतपेटिका भन्ने प्रश्न मात्र छैन । निर्वाचनको सम्पूर्ण तयारी अगाडि बढिसकेपछि जसरी सत्तापक्षले न्यायालय प्रयोग गरेर चुनाव विथोल्न खोजेको छ, यो षडयन्त्र हो ।

अदालतमा मुद्दा त सरकारले हालेको होइन नि । सर्वेन्द्रनाथ शुक्लाले हालेको मुद्दालाई कसरी सरकाले हालेको भन्न मिल्छ ?

यस्तो सोझो कुरा नगर्नुस् न । मुद्दा हाल्न मन्त्री जानुपर्छ र ? सत्तापक्षको गठबन्धनको मान्छेले मुद्दा हाल्ने, अनि प्रधानमन्त्री नै जानुपर्छ अदालतमा ? यो जनतालाई मूर्ख बनाउने कुरा यो सरकारले गर्न सक्छ ?

अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहिला पनि सरकारको नतृत्व गर्दा चुनाव गर्न नसकेर लोकतन्त्रलाई धरापमा पारेका थिए । अहिले पनि अधिनायकवाद लाद्नका लागि न्यायालयको दुरुपयोग गरेका छन् ।