१ कार्तिक २०८३, आइतबार

युएन वुमेनको वार्षिक उत्सवमा अमात्य सम्मानित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

काठमाडौं । सयुक्त राष्ट्र संघको युवा सम्मेलनका युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्युयोर्कमा सम्मानित भएकि छिन् ।

युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा उनीसहित अन्य २ बिदेशी महिलालाई सम्मान गरिएको हो ।

यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले उनलाई च्यामपिएन अफ चेन्जद्वारा सम्मानित गरेको हो । परिवर्तनको बिजेता विश्वभरका महिलालाई समर्थन गरौ भन्ने मूल नारा रहेको थियो ।

समारोहमा संयुक्त ग्लोबल वेलनेस संस्था तथा ग्लोबल वेलनेस समिटकि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुसी एलिस, कर्नरस्टोन क्यापिटलकि संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिका कार्पसहित सयुक्त राष्ट्र संघ युवा सम्मेलनका युवा अध्यक्ष जोली अमात्य सम्मानित भएका हुन् ।