१५ कार्तिक २०८३, आइतबार

महन्थ–उपेन्द्रले राखे देउवा समक्ष कठिन माग !

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको लागि थोरै सिटमा राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ ।

यो निर्वाचनमा प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरुसँगको तालमेललाई निष्कर्षमा पुगाउन सकेको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राजपा, संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरुले माग गरेबमोजिम सिट दिन सकस भइरहेको छ ।

एक कांग्रेस नेताले भने, ‘मधेसी दलले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभाा लागि २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् ।’

नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार छ ।

दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी छ ।