३० आश्विन २०८३, शुक्रबार

देउवाजी अलिकति पनि लाज शरम छैन् ?

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोकतन्त्रमा अलोकतन्त्र कहाँबाट घुस्यो ?

– जम्बला लामा

लोकतन्त्रबादी भन्ने नेपाली काँग्रेसले जनआन्दोलनलाई दबाउने खेल खेल्ने व्यक्ति तत्कालिन राजा ज्ञानेन्द्रको पालामा गृहमन्त्री भएको कमल थापा अर्थात् अलोकतान्त्रिक तथा राजा समेत हिन्दू राष्ट्र हुनुपर्छ भनि हालसम्म पनि धर्म निरिपेक्षता र लोकतान्त्रिक गणतन्त्रको विरोधमा उभिएको व्यक्तिलाई उपप्रधानमन्त्री तथा विना विभागिय मन्त्री साथै अरु तीन मन्त्री र ४ राज्य मन्त्री दिने भनेको कतै काँग्रेस सभापति देउवा बौलाएको त होइन भन्ने ? व्यापक राजधानी र अधिराज्यभर हल्ला फिजिएको समाचारहरु आएको छ ।

के खान र के गर्नको लागि देउवाले यस्तो गरेको हो ? देउवामा अलिकति पनि लाजको महशुस भएन किन ? यदि लाज सरम भएको भए उनले जब, बाम शक्ति एकता भएको दिनमा नै म अल्पमतमा प-यो मैले तुरुन्त राजीनामा दिएर मेरो पार्टी र म आफ्नो व्यक्तिको इज्जतको सम्मान गर्नेछु भनि हिम्मत किन गर्न सकेन ? त्यो देउवा भित्रको घमण्डी पदको लोभ क्रोध र उनको क्लेस (अज्ञानता) को कारणहरुले गर्दा उनले काँग्रेसको मान सम्मान सबै बागमती नदीमा बगाएर पठाएको काँग्रेस भित्र खलबली भएको सुन्नमा आएको छ ।

देउवाले पटक पटक प्रधानमन्त्री भएर असफल असक्षम प्रधानमन्त्री भएपनि उनले पद हत्याउनको लागि उनले आफ्नो कुदृष्टि लगाई चत्तुराई तरिकाबाट सफल भएता पनि देउवाले देश र जनताको सेवा गर्ने होइन उनले मात्र प्रधानमन्त्री पद थामाउनको लागि अलोकतान्त्रिक अर्थात् हिन्दू राष्ट्र साथै राजतन्त्रलाई मान्यता दिने व्यक्ति राप्रपाको कमल थापालाई काखी च्यापी देउवाले लोकतन्त्र र जनताको नै खिल्ली उडाई धोखा दिएको भनि जनसमुदायलाई महशुस भएको छ ।

अतः त्यो पनि कमल थापाले हालसम्म पनि लोकतान्त्रि गणतन्त्रको विरोधमा उभिई उनले धर्म निरिपेक्षताको शब्द त उनको मुखबाट निस्किदैन र हाल पनि उनले ठाउँठाउँमा लोकतन्त्रको नै विरोध गरी हिन्दू राष्ट्र साथै राजतन्त्र सम्बन्धमा जनमत संग्रह गर्नुपर्छ भनि माग राख्दै आएको छ । होइन कमल थापालाई किन चाहियो जनमत संग्रह ? त्यो जनमतको अन्जाम त उनलाई २०७४ को स्थानीय तहको निर्वाचनले नै देखाइसकेको होइन र ?

खोइ त कमल थापाको हिन्दू राष्ट्र तथा राजावादी, जनता कही कतै देखिदैन । कमल थापालाई आफ्नो घमण्डीको धब्बाले गर्दा उनी असारमा आँखा फुटेको गोरुले पुषमा पनि हरियो देखिन्छ भन्ने उखान जस्तो मात्र हो भन्ने नागरिकको बिचार हो । जानाजानी उपप्रधान तथा मन्त्री दिनु भनेको शेरबहादुर देउवा कतै बोहुलाएको त होइन भन्ने विचारहरु सामाजिक संजालमा व्यापक भएको छ । अर्थात् त्यस्ता नैतिक नभएको अर्थात् लोकतन्त्र तथा जनताको विरोधी व्यक्ति थापालाई काखी च्याप्नु भनेको आफ्नै परिवारको घाँटी थिचेर हत्या गरेको सरह हुन् भन्ने २ करोड ८० लाख जनसमुदायले अड्कलबाजी गरेको छ ।

अतः देउवाको बुद्धी नभए पनि सुद्धि हुन पथ्र्यो किन भएन ? उनमा मात्र प्रतिपक्ष दल अर्थात् बाम शक्ति एकता भएको रिसले लोकतन्त्रबादी एकता हुनु प-यो भनि जथाभावी मन्त्री नियुक्ति गर्ने र जनताले तिरेको करको ढुकुटी सिध्याउने काम गर्न हुन्नथ्यो ।

तैरीन, तैरीन बुढी माख्रा किन

यस्तै तालमा नेपाली काँग्रेसका अर्को महान नेताहरुले विरोध गरेन भने देउवाले म अलि थाकेको छु अब महिला प्रधानमन्त्री आरजु राणालाई बनाउने की कसो भन्ने बेर छैन । अनि त्यतिखेरको अवस्थामा नेपाली काँग्रेसको हालत कस्तो होला ? काँग्रेसजनलाई अब पनि सुद्धि र बुद्धि आएन भने उनले राप्रपा कमल थापासँग आबद्ध भई अलोकतान्त्रिक राप्रपा पार्टी भन्नु पनि बेर छैन । होसियार काँग्रेसको युवा तथा महान नेताहरु ! त्यसकारण देउवाले काँग्रेसलाई कतै पनि बन्धक राख्नुभन्दा अगाडि नै उनलाई कारवाही अर्थात् सभापतिबाट नै बरखास्त गरी अर्को नयाँ सभापति तथा प्रधानमन्त्री खडा गर्नु शिवाय अरु विकल्प छदैछैन भने नागरिक समाजको विचार हो ।

जम्बो मन्त्री मण्डल

के खानु र के गर्नको लागि देउवाले यस्तो गरेको हो ? देउवामा अलिकति पनि लाजको महशुस भएन किन ? यदि लाज सरम भएको भए उनले जव, बाम शक्ति एकता भएको दिनमा नै म अल्पमतमा प¥यो मैले तुरुन्त राजिनमा दिएर मेरो पार्टी र म आफ्नो व्यक्तिको इज्जतको सम्मान गर्नेछु भनि हिम्मत किन गर्न सकेन ? त्यो देउवा भित्रको घमण्डी पदको लोभ क्रोध र उनको क्लेस (अज्ञानता) को कारणहरुले गर्दा उनले काँग्रेसको मान सम्मान सबै बागमति नदिमा बगाएर पठाएको काँग्रेस भित्र खलबली भएको सुन्नमा आएको छ ।

अतः अब पनि देउवालाई ठूलो मौका छन् उनले बुझे भने अर्थात् संसद पनि अन्त्य भईसकेको अवस्था छ भने देउवाले काँग्रेसको बदनामबाट बचाउनको लागि एकमात्र बाटो छ त्यो बाटो हो अहिलेको मन्त्री परिषद्लाई विघटन गरी अन्तरिम सरकार अर्थात् राष्ट्रिय चुनावी सरकार गठन गरी सहज ढंगबाट धाँदली रहित निर्वाचन ग¥योभने देउवाको विग्रेको इज्जत फर्केर आउनेछ की भन्ने जनविचारहरु आएको छ ।

अब पनि देउवा अत्तालिएर मन्त्रीहरु जति पनि थप्न मिल्छ भनि अत्तालिएर बकबक गरेर हिड्यो भने भोलिका दिनमा हाल भएको मन्त्री परिषद्ले देउवा प्रधानमन्त्रीलाई बरखास्त गरी घोक्रोठ्याक गरी प्रधानमन्त्री कार्यालयबाट नै अर्को प्रधानमन्त्री घोषणा गर्ने बेर छैन । देउवा देखि सबै मन्त्रीहरु नै दिक्कवाक्क भएको छ । त्यसकारण एकमात्र बाटो भनेको अहिलो मन्त्री परिषद् विघटन गरी अन्तरिम मन्त्री परिषद् गठन गरी सबै पार्टीहरुलाई सहज हुने गरी गठन ग¥यो भने देउवालाई सम्पूण जनसमुदायले धन्बाद टक्राउनेछ ।

दुईवर्ष संविधान निर्माण कार्यकाल अन्त्य

अर्थात् २ वर्ष संविधान निर्माण कार्यकालको मूख्य नियर्णहरु यस प्रकारका छन् । संसदको अन्तिम दिनसम्मको । १. सबैभन्दा अर्थात् राष्ट्रलाई नै डुबाउने गरी देउवाले आफ्नो सो विवेक विचारहरु प्रयोग गरी पछिल्लो पटक चार मन्त्री र चार राज्य मन्त्री थप गरी सबैभन्दा अर्थात् नेपालको प्रथम ठूलो ६४ सदस्यीय मन्त्रीमण्डल गठन गरी देउवाले कीर्तेमान गरी असक्षम, अयोग्यको नाम कमाएको छ । अर्थात् इतिहासकै सबैभन्दा ठूलो कलंक ।

२. महा खुंखार भ्रष्टव्यक्ति नेपाल आयल निगमको बरखास्तवाला गोपाल खड्कालाई आयल निगमको जग्गा खरिदमा मात्र होइनन् उनले करोडौं रकम असुलेर ट्याङ्करवालाहरुलाई पनि अनुमति दिई आफ्नो कार्यकाल निगमको कार्यकारिणी निर्देशक खड्काले कानूनलाई मिचेर आर्थिक चलखेल गरी देउवाको मुखमा पनि बुजो लगाई तेल बोक्ने ट्याङ्करहरुलाई अनुमति दिएको पनि खुलासा भएको छ ।

अर्थात् खड्काले नेपाल आयल निगमकै पेट्रोलियम पदार्थ ढुवानी नियमावली २०७३ को दज्जी उडाएर मोटो रकम, आर्थिक लिएर ६३ वटा ट्याङ्करलाई अनुमति दिएको खुलासा भएको छ । र इन्धन भण्डारणको लागि जग्गा खरिदमा पनि उनले ठूलो अनियमिता गरेको ठहरसाथ उनलाई देउवा मन्त्री परिषद्ले बरखास्त गरेको थियो ।

बरखास्त पश्चात गोपाल खड्काले मेरो जागिरको समयको अगावै मलाई नेपाल सरकारले बरखस्त गरेको भनि जस्तै नवराज सिलवालले पनि सर्बोच्चमा रिट गरेको जस्तो गरी गोपाल खड्काले पनि रिट दायर गरेको थियो । तर फरक ढंगबाट सर्बोच्चको आदेश आएकोमा प्रत्येक नागरिक र प्रत्येक कानुनी विद्हरु पनि तीन छक्क परेको सर्वविधितै छ ।

अर्थात् नवारज सिलवाललाई न्याय नपाउने किन ? महाभ्रष्ट्रव्यक्ति खड्काले कसरी न्याय पायो ? यो न्यायोचित छ ? जनताले प्रश्न गर्दै आएको छ । भोलिको दिनमा जनताले नै सर्बोच्च अदालत खारेज गरी पाउँ भनि राष्ट्रपति र प्रधानमन्त्रीमा गुनासो र खबरदारी गर्ने समय आयो भने के गर्ने ? यो विषय सर्बोच्चले पनि आफ्नो मर्यादा भित्र वसी कस्तो व्यक्ति र भ्रष्ट व्यक्ति छुट्यानु सक्ने दृष्टि हुनु प¥यो भन्ने जन सुझावहरु आएको छ । त्यो विषयलाई सर्बोच्चले पनि एकपटक पछाडि फर्केर हेर्नेकी अर्थात् गोपाल खड्को रिटलाई बदर गरी उनलाई भ्रष्टको निर्णय सदर गर्ने की ?

३. पुर्व प्रधान न्यायधिस सुशिला कार्कीले न्यायलयलाई उच्च तहमा राख्ने दृष्टिले उनले आफ्नो सो विवेक विचार ऐन कानूनले मिल्ने ढंगबाट फैसला गरेको विचारलाई देउवाले कार्यपालिकाको हस्तक्षप भनि महा अभियोग लगाउने ?

४. प्रत्येक न्यायधिष सिफारिसमा नेताहरुले आफ्नो कोटको बगलीबाट लिष्ट निकाली मेरो भागमा यति, तेरो भागमा यति र डिस्कानोको भागमा यति भनि न्यायलयलाई आफ्नो श्रीमतिको पेवाजस्तो गरी सिफारिस गर्नु नेताहरुको महाभूल हो भन्ने कानूनीविद्हरुले नै गुनासो गर्दै आएको छ । के त्यो न्यायधिसले विपक्षीको पक्ष कहिल्यै न्याय दिन्छ ? दिन्न । किन भनि उ त अर्कोपट्टीको कोटबाट आएको हुनाले त्यो न्यायधिसले आपूmलाई सिफारिस गरेको व्यक्ति पक्ष नै निर्णय लिन्छ । चाहे त्यो व्यक्ति गुण्डा नाइके नै किन नहोस् । उनले त्येसै पक्ष निर्णय लिन्छ ।

५. आन्तरिक राजश्व विभागको बदमास भ्रष्ट व्यक्ति चुडामणी शर्मालाई पनि सर्बोच्च अदालतले सम्मान साथ थुनामुक्त आदेश दिएको सर्वविधितै भएको छ । उपभोक्ताहरुले तिरेको भ्याट रकम पनि महाभ्रष्ट व्यापारी व्यक्तिहरुलाई फिर्ता गरी अकुत सम्पत्ति कमाउने एकजना राष्ट्रघाती कर्मचारी अर्थात् सरकारको राजश्व कोषलाई नै डुबाउने व्यक्ति चुडामणी शर्मालाई पनि सर्बोच्चको अन्धोपनको ढाँचाबाट थाहा नपाएकोजस्तो गरी सर्बोच्चले आदेश आयो अनि देउवाको मन्त्री परिषद्ले जनताले तिरेको करको तलबभत्ता मात्र खाएर राष्ट्रलाई नै क्षति पु-याउने यी विवादस्पदका निर्देशक खड्का र विवादस्पदका राजश्व माहाशाखाको बरखास्ती चुडामणी शर्मालाई सर्बोच्चबाट न्याय दिलाएकोमा २ करोड ८० ला जनसमुदायले आँसु चुहाएको छ ।

के त्यो विषयलाई ध्यान दिन नेपाल सरकारको कार्यकारी मन्त्री परिषद्ले होइन र ? अब पनि मन्त्री परिषद्लाई आफ्नो गल्ती सच्याउने हो कि भन्ने जनविचार आएको छ । अर्थात् पुर्वन्यायधिष सुसिला कार्कीलाई त कार्यपालिकाको हस्तक्षप भनि महाअभियोग लगाउन मिल्छ भने यी विवादस्पदका २ जना कर्मचारीलाई बचाउ गर्ने दुई न्यायधिषलाई कस्तो अभियोग लगाउने ? यी सवै तह अब देउवाको काँधमा आएको जनसमुदयलाई महशुस भएको छ । देउवाले पनि एकपटक पछाडी फर्केर हेर्ने हो की आफैले गरेको निर्णय अर्थात् गोपाल खड्काको बरखास्तीलाई सर्बोच्चले उल्टाई आदेश दिने न्यायधिष २ लाई कस्तो अभियोग लगाउने ?

अन्तिममा देउवाले गरेको यी ५ वटा महत्वपूर्ण निर्णय नै सफल कार्यकाल हो भन्ने जनसमुदायलाई महशुस भएको छ । धन्यबाद शेर बहादुर देउवालाई । बाम एकताबाट तर्सेको देउवा अब आफ्नै छायाँबाट पनि तर्सिन्छ की भन्ने जनविचारहरु आएको छ । अर्थात् उनी आप्mनै पार्टीबाट पनि तर्सिने समय नजिक आएको छ । विचार लोकतन्त्रबादी क्रियाकलाप राष्ट्रको बरबादी । धन्यबाद ! नेपाली काँग्रेसलाई ।

(बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशन नेपालका केन्द्रिय सदस्य हुन्)