१ कार्तिक २०८३, आइतबार

नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, आठ जनाको मृत्यु

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर, ७ कात्तिक । मलेसियाको पेनाङ भन्ने शहरमा सोमबार बिहान बिदेशी कामदार बोकेका दुईवटा बस एकआपसमा ठोकिँदा ८ जनाको ज्यान गएको छ ।

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका दुई बस ठोकिएका हुन् । मृत्यु हुनेहरूको नाम खुलाइएको छैन् ।

दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भीर घाइते भएको न्यू स्ट्रेट टाइम्सले उल्लेख गरेको छ ।

मृत्यु हुनेहरू अधिकांश नेपाली कामदार रहेको सो पत्रिकाले अनुमान गरेको छ । यसबारेमा क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।