हेटौंडा, ७ असोज । उपप्रधानमन्त्री कमल थापाले कुलेखानी तेस्रो जलविद्युत परियोजना समय सिमा भित्र सक्नको निमित्त सम्बन्धित सबैलाई आ-आफ्नो ठाउँबाट सामुहिक प्रयास गर्न आग्रह गरेका छन् ।
आज भैसेको सानुटारमा रहेको परियोजनास्थलको निरीक्षण गर्दै निर्माण कार्यको ढिलासुस्तिप्रति प्रश्न गरेका थिए । यो परियोजनाको आबश्यकता र महत्त्व धेरै रहेको भन्दै समय सिमा भित्र कार्य सम्पन्नको निमित्त सामुहिक प्रयासमा जोड दिए ।
लोडसेडिङको पिडाबाट सधैको निमित्त मुक्त हुनको लागि यो परियोजना चाडै सम्पन्न हुनुपर्ने उपप्रधानमन्त्री थापाको भनाई थियो । परियोजना सम्पन्न गर्न के के समस्याहरु छन् ,त्यो समाधान गर्न आफ्नो कुनै भुमिका भए आफू तयार रहेको समेत उनले बताए । ३५% नेपाली जनता बिधुत सेवाबाट बन्चित रहेको भन्दै बिजुलीको पहुँच बाहिर रहेका जनतालाई मध्यनजर गरेर कार्य गर्नुपर्ने आबश्यकता समेत उनले औल्याए ।
आजै उपप्रधानमन्त्री थापाले बिधुत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा बिधुत चुहावटलाई नियन्त्रण गर्न कर्मचारीहरुलाई निर्देशन दिए । सो अबसरमा उपप्रधानमन्त्री थापाले उर्जा मन्त्रालयका सचिब र बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक सङ्गै कर्मचारीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उर्जा मन्त्रालयका सचिब अनुप उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया