काठमाडौं । महानायक राजेश हमालले तराईका विपन्न र दलित समुदायलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
मधेसको प्रमुख पर्व छठ पर्व सुरु हुनै लाग्दा हमालले सर्लाहीका विपन्न तथा दलित समुदायलाई सो सहयोग गरेका हुन् ।
आफ्नो निजी हेयर डिजाइनर राम ठाँकुर र सर्लाहीका नविन यादवको पहलमा अभिनेता हमाल आफ्नै निजी खर्चमा खाद्यान्न बोकेर सर्लाही पुगेका थिए । छठ पर्वको अवसर पारेर सर्लाही पुगेका राजेशले त्यहाँको बिनंग्ग्रा र धनकौल गाउँका करिब १७० घर धुरीका विपन्न तथा दलित समुदायलाई राहात बितरण गरे ।
राजेशले छठ पर्व मनाउने परिवारलाई राहात भन्दै प्रत्येक घरलाई एक बोरा चामल, दाल र तेलका पोका दिए । सर्लाहीका विपन्न समुदायले पनि छठ पर्व राम्रोसँग मनाउन पाउन् भनेर राहात लिएर आफु सल्लाही पुगेको राजेशले बताए ।















प्रतिक्रिया