मुम्बई । अभिनेत्री बिपाशा बासुले पति करन सिंह ग्रोवरसँग कण्डोमको विज्ञापनमा खेलेकी छिन् । केही समय अगाडि यो विज्ञापनका केही तस्बिर सार्वजनिक भएका छन् । दुबै फोटोमा निकै बोल्ड देखिएका छन् ।
विज्ञापनको भिडियो बिपाशाले आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् ।
बिपाशा–करन जंगल, घर र बाथटबमा देखिएका छन् । विज्ञापनमा करन र बिपाशा निकै राम्रा स्थानमा रोमान्स गरिरहेको देख्न सकिन्छ । करन भिडियोको धेरैजसो दृश्यमा सर्टलेश छन् । बिपाशा निकै बोल्ड आउटफिटमा देखिएकी छिन् ।
उनी अन्तिम पटक सन् २०१५ मा आएको फिल्म ‘अलोन’ मा देखिएकी थिइन् । उनले सन् २०१६ मा करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । – एजेन्सी















प्रतिक्रिया