१ कार्तिक २०८३, आइतबार

एनआरएनए अध्यक्ष गुरुङ हङकङको प्रतिष्ठित अवार्डबाट सम्मानित

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) सम्मानित हुनुभएको छ । हङकङ सरकारले सामाजिक सेवामा योगदान पुर्याएको भन्दै गुरुङलाई सम्मान गरेको हो ।

हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले चिफ ‘एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ अवार्डबाट उहाँलाई सम्मान गर्नुभयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समन्वय समितिको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी गुरुङ हङकङका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हनुहुन्छ ।

उहाँलाई हङकङ सरकारले बेलायतबाट स्वतन्त्र भएको अवसरमा दिइने ३३१ पदक मध्ये सूचीमा राखिएको थियो । म्याग्दी स्थायी घर भएकी गुरुङलाई शनिबार सम्मान गरिएको हो ।