काठमाडौं । अभिनेत्री एवम् राप्रपा (प्रजातान्त्रिक)की केन्द्रीय सदस्य रेखा थापा पार्टी अध्यक्ष पशुपति शम्शेर राणाको उम्मेदवारी दिने कार्यक्रममा सहभागी भएकी छिन् ।
आइतबार सिन्धुपाल्चोक पुगेकी रेखाले राणाको पक्षमा माहोल बनाइ दिएकी हुन् । सिन्धुपाल्चोक २ बाट राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा कांग्रेसको समर्थनमा प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।
राणालाई माओवादी केन्द्रको समर्थनमा बाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले टक्कटर दिने भएका छन् ।
अभिनेत्री रेखाले लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आएको बताएकी थिइन् । ‘लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ । सँगै हाम्रा पार्टी अध्यक्ष (राणा) लाई पनि जिताउ नै प-यो’, उनले भनिन् ।















प्रतिक्रिया