३० आश्विन २०८३, शुक्रबार

‘राष्ट्र संघसँगको मेरो समय जीवनकै सबैभन्दा गर्व गर्न लायक’

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रमेश खरेल

आदरणीय सबैमा,
जय नेपाल र नमस्कार !

भगवानको कृपाले म पि–४ पदमा संसारभरबाट छनौटमा परेको थिएँ र डार्फरको लागि राष्ट्र संघीय मिसनमा फिल्ड कमान्डर भएर काम गर्ने नौलो अवसर मिलेको थियो । डार्फरको लागि राष्ट्र संघीय मिसनमा १८ महिना काम गर्दा मैले ४२ विभिन्न देशका अलग अलग पृष्ठभूमि, सँस्कृति र पेशागत खुबी भएका झन्डै ४०० प्रहरी अधिकृतहरुलाई कमान्ड गरेँ ।

यतिखेर म, यस्तो नौलो काम गर्ने वातावरणमा सेवा गर्ने मौका दिएकोमा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्र संघले विनम्र धन्यवाद दिन चाहन्छु ।

द्वन्द्वको परिवेशमा काम गर्ने अवसरका लागि पनि म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । राष्ट्रसंघसँग काम गरेर बिताएका समयको म पेशागत र व्यक्तिगत दुबै तवरमा कदर गर्छु । मैले द्वन्द्वपछिका विभिन्न नौला आयामहरुबारे धेरै सिकेँ । र यतिखेर म मेरा सबै क्षमता र राष्ट्रसंघसँगको अनुभव साथमा लिएर मेरो मातृभूमि र न्यायप्रेमी नागरिकको सेवा गर्न फेरि नेपाल प्रहरी फर्कन चाहन्छु । राष्ट्र संघसँगको मेरो करार २ वर्षको थियो र ४ वर्षसम्म लम्ब्याउन मिल्थ्यो, तर म राष्ट्रसंघबाट राजीनामा घोषणा गर्दछु र छिटै नेपाल प्रहरीमा सेवा सुचारु गर्नेछु ।

राष्ट्र संघसँगको मेरो समय जीवनकै सबैभन्दा गर्व गर्न लायक मध्येको एक हो । मैले सिकेका जीवनका भोगाइहरु मसँगै अब फेरि प्रहरी जीवनमा प्रयोग गर्नेछु, मलाई थाहा छ मलाई त्यसले अझै असल व्यक्ति बनाउन सघाउने छ । प्रहरी सेवाको मेरो निश्कलंक रेकर्डको आधारमा मेरो विनम्र आशा छ, मेरा राम्रा प्रयत्न र प्रयासहरुमा तपाईंहरुको सहकार्य, हौसला र सहयोग जारी रहनेछ ।

भगवानले हामी सबैको भलो गरुन् ।

(राष्ट्रसंघमा राजीनामा घोषणा गर्दा डीआईजी रमेश खरेलले दिएको प्रतिक्रिया)