१ कार्तिक २०८३, आइतबार

अमेरिकामा नेपालीहरूले लगाए भाइटीका

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले भाइटीका लगाएर तिहार मनाएका छन् ।

शनिबार दिदीबहिनीले दाजुभाइलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै भाइटीका लगाएर यस वर्षको तिहार मनाएका हुन् ।

अमेरिकामा जन्मेका बालबालिका, पहिलो पुस्ता, बिद्यार्थी, अमेरिकामा विभिन्न कारणले आएका कलाकार, साहित्यकार, पर्यटक, ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले तिहारको मजा आफै तरिकाले लिएका छन् ।