कतार । दोश्रो महान चाड तिहारको अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यसवर्ष पनि शुक्रवारका दिन कतारको मुन्ताजास्थित केरला कल्चर सेन्टरको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्लामा रहेका पीडितहरूको सहयोगार्थ आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष बुद्ध पाण्डे सभापति तथा नेपाली राजदुतावास कतारका श्रम सहचारी नरेन्द्र ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मो.अजिज अलि, नेपाल मगर संघ शाखा कतारका महासचिव विजय मगर, नेपाल पत्रकार महासंघ कतार शाखाका सकृय सदस्य महेन्द्र पोख्रेल, नेपाली महिला समाज कतारका अध्यक्ष अमिना खान, नेपालबाट आएका अतिथि कलाकार प्रसाद खप्तरी मगर, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, समाजका पूर्व महिला संयोजक मीना खड्का, समाजका सल्लाहकार विजय बस्नेत, भीम तरामु, बिष्णु गौतम, लगायत बिशेष अतिथि रहेका थिए ।
















प्रतिक्रिया