१ कार्तिक २०८३, आइतबार

अमेरिकामा लक्ष्मी पूजा मनाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपाली समुदायले तिहारको तेस्रो दिन सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् ।

विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरूले पूजा गरेको, रंगोली बनाएको तथा दीपावली गर्दै गरेको तस्बिरहरू सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।

अमेरिकामा अग्रिम रुपमा सूचना दिएर देउसी भैलो खेल्नु पर्ने भएकाले विभिन्न शहरहरूमा भैलो र देउसी खेल्ने क्रम पनि जारी छ ।

अमेरिकामा अक्टोबर १९ तारिख बिहीबार कामको दिन भएकोले बिदा लिएर बस्ने नेपाली समुदायको साथै कामबाट घर आएर भएपनि घर सफा–सुग्घर गरी दीपावली गरेर लक्ष्मीलाई पूजा गरेका छन् ।

अमेरिका भएका नेपालीले पनि आफ्नो पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन् ।