मेलबर्न । संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ । नेवाः एसोशियसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परम्परा अनुसार सगुन दिएर शुरु गरिएको थियो ।
लुम्बिनी–कपिलवस्तु दिवस अभियानका संयोजक श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखध्वर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी नेपाल सम्वत प्रचलन ल्याइएको र नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत ९३६ र इश्वी सम्वत् ८७९ भएको कारण यो वर्ष नेपाल सम्बत ११३८ औं मनाइएको जानकारी दिए ।
श्रेष्ठले नेपाल सम्बत अभियान कलकतामा बसोबास गर्ने बुद्धिस्ट गतिबिधि एबं नेपाल भाषाका सकृय धर्मदित्य धर्माचार्यले नेपाल सम्बतलाई राष्ट्रिय पात्रोको रुपमा स्थापित गर्ने अभियान १९२० मा शुरु गरेपछि राणाकालमा भाषा र संस्कृति सम्बद्ध अभियन्ताहरुले प्रजातन्त्र स्थापना आन्दोलनसंगै १९५१ मा यस्लाई नेपालमा निरन्तरता दिइएको जानकारी दिंए ।
एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछाने, न्याभका पूर्व अध्यक्ष बम योन्जन, नेपाली जनप्रगतिसिल मन्च अस्ट्रेलिया अध्यक्ष माण्डब राज कार्की सबैले एकाध दिनको तयारीमा शुरु गरिएको यो कार्यक्रमलाई आगामी दिनमा अधिकाधिकलाई समेटेर अझै भब्यताका साथ मनाइनु पर्ने कुरामा जोड दिंदै बिदेशमा नेपाली संस्कृति जोगाउन पहल गरिएकोमा आयोजकलाई बधाई तथा धन्यवाद ज्ञापन दिए ।
माया प्रसाद सुवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा श्रीमती राज श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन श्रीमती सुवर्ण श्रेष्ठले गरेकी हुन् ।















प्रतिक्रिया