काठमाडौं । नेकपा माओवादी केन्द्र र एमालेबीच वाग गठबन्धनसहित एकता प्रक्रिया अगाडि बढिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नविना लामासँग छमछमी नाचेका छन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा सहभागी नविनासँग प्रचण्ड ‘पार्टी एकता हुने पक्का भइसक्यो, तपाईंहरुले संयुक्त रुपमा यस्तो कार्यक्रम आयोजना गर्दै जानुस्’ भन्दै छमछमी नाचेका हुन् ।
अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो ।
भिडियो:
















प्रतिक्रिया