३ कार्तिक २०८३, मंगलबार

दक्षिण कोरियामा सिम्रनले धुम मच्चाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण कोरियाको सोल शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।

कोटेस्वरकी २० वर्षीया खड्कालाई नेक्स्ट मोडल्स नेपालले सो अवार्डमा पठाउन लागेको हो ।

नेपालीका लागि अन्तर्राष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले टाइटल समेत उनले नेपाल भित्र्याउने विश्वास आफूलाई रहेको बताए ।

२० देखि २४ अक्टुबरसम्म आयोजना हुने यो अवार्डमा २५ देशका ४५ उत्कृष्ट मोडलहरूको सहभागिता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फष्ट रनर अप विजेता हुन् ।