अमेरिका । नेपालका कलाकार सहितको कलिवुड नाइट २०१७ नामक कार्यक्रम अमेरिकामा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरूको तिहारको भैलेनी गीत, मखमली चोली चाहिदैन सहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो ।
नायक दिलिप रायमाझी र कलाकार सुनीक्षा मैनालीले कुटुमा कुटु सुपारी दाना बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए ।
नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति गरेकी थिइन् । दोश्रोमा उनले नायक जीवन लुइँटेललाई साथ दिइन् । झरनाले अमेरिकामा पहिलो पटक प्रस्तुति गरेकी हुन् ।
नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुना श्रेष्ठसंग मेरो लाहुरे आउछ रे, म त मर्छु पो क्या हो ठूली भन्ने गीत गाउदा दर्शकले सिट्ठी बजाएका थिए ।
गायक दीपक लिम्बुले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए ।
नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे भने कलाकार स्व.कृष्ण श्रेष्ठलाई सम्झना गर्दै केही कुरा राखेका थिए ।
हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वायाक क्वायक सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति दिएका थिए । कलाकार अमृत लामाले सुनीक्षा मैनालीसंग नृत्य प्रस्तुति गरेका थिए ।
हास्य कलाकार गोपाल नेपाल र पुस्कर पन्तको प्रहसन बिशेष रहेको थियो । युवा नृत्य निर्देशक नवीन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतमा गरेको नृत्य प्रस्तुति बेजोडको रह्यो ।
कलाकार राजेश नाथ तथा अन्य केही स्थानीय कलाकारहरूले प्रस्तुति गरेका थिए । कलाकार मीनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।
















प्रतिक्रिया