काठमाडौं, २९ असोज । किङ कम स्पोर्टस क्लबले आयोजना गरेको प्रथम स्मृति भेट्रान्स फुटबल २०७४ प्रतियोगिताको उपाधि शुभारम्भ युथ क्लवले जितेको छ ।
गोल्डेनगेट इन्टरनेसनल कलेज र शुभारमम्भ युथ क्लवबीच भएको फाइनल खेलमा शुभारम्भले २–१ गोल अन्तरले उपाधि हात पारेको हो । उपाधिसंगै शुभारम्भ युथ क्लबले नगद रु १ लाख हात पारेको छ ।
उपविजेता गोल्डेनगेट इन्टरनेसनलले रु ५० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।
खेलमा शुभारम्भ क्लबले खेलको ५ औ मिनेटमा फ्री किकमा गोल गरेको थियो । खेलको १० औ मिनेटमा गोल्डेनगेटले बराबरी गोल फर्कायो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा शुभारम्भ क्लबलाई जीत दिलाउनका लागि विकर्ण श्रेष्ठले बललाई जाली चुमौदै जीत सुनिश्चित पारे ।
प्रतियोगितामा सर्वोत्कृष्ट टिमको उपाधि थापागाउँ टोल सुधार समितिले हात पारेको छ । सर्वोत्कृष्ट खेलाडी तथा डिफेन्डरमा किङ कम क्लबका प्रताप शाक्य र उत्त्कृष्ट गोलकिपरमा राज सिंह पुरस्कृत भए ।
असोज २१ बाट सुरु भएको प्रतियोगितामा ३ वर्षीय क्यान्सर पीडित बालक प्रत्युश थापालाई १ लाख १ हजार सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको थियो ।















प्रतिक्रिया