मुम्बई । बलिउड अभिनेता सलमान खानल फिल्म ‘टाइगर जिन्दा है’ को लागि पनि निकै व्यस्त छन् । बलिउड स्टार सलमान खान अब फिल्म ‘रेस ३’ पनि देखिँदै छन् ।
बलिउड एक्सन थ्रिलर सिरिज ‘रेस २’को तेस्रो संस्करणको ‘रेस ३’ मा सलमान देखिने पक्का भएका हुन् । यसअघि ‘रेस’ र ‘रेस २’ मा अभिनेता सैफ अलि खान मुख्य भूमिकामा थिए ।
सलमानले ‘रेस ३’ खेल्ने पक्का भएपछि अर्को खबर पनि बाहिरिएको छ । उनले फिल्ममा कुनै अन्तरंग दृश्य भने दिने छैनन् । उनले अरु कसैको पनि बोल्ड अवतार फिल्ममा नदेखाइने कडा शर्त राखेका छन् । जसलाई निर्माण पक्षले स्वीकार गरेका छन् ।
फिल्ममा सलमान खान ‘नेगेटिभ’ भूमिकामा देखिएका छन् । फिल्ममा ‘नेगेटिभ’ रोलमा पहिलो पटक सलमान खान देखिन लागेका हुन् । फिल्ममा उनको एक्सन दृश्यहरू पनि निकै दमदार हुने निर्माण पक्षले जनाएको छ ।
‘रेस ३’ मा अभिनेता बबि देओल पनि देखिने भएका छन् । फिल्मका निर्माता रमेश तौरानीले ट्वीटरमार्फत दिएको जानकारी अनुसार बबि पनि यस फिल्ममा मुख्य भूमिकामा छन् ।
यसअघि निर्माता रमेश तौरानीले बबीसँग फिल्म ‘सोल्जर’, ‘नकाब’ जस्ता फिल्ममा सँगै काम गरेका छन् । तैरानीले बबि एकदमै मिहेनती कलाकार भएको बताउँदै यस फिल्ममा फरक भूमिकामा देखिने बताएका छन् ।
यस पटक ‘रेस ३’ का निर्देशन अब्बास मस्तानले गर्ने छैनन् । अब यस फिल्मलाई कोरियोग्राफर रेमो डिसुजाले निर्देशन गर्ने भएका छन् । यस फिल्मको अघिल्ला २ भाग अब्बास मस्तानले नै निर्देशन गरेका थिए ।
फिल्ममा सलमानको साथमा अभिनेत्री ज्याक्लिन फर्नान्डेज देखिँदैछिन् । उनी यसअघि सलमानसँग फिल्म ‘किक’मा देखिएकी थिइन् । ‘रेस ३’ मार्फत यो जोडि फेरी देखिन लागेका हुन् । – एजेन्सी















प्रतिक्रिया