१५ कार्तिक २०८३, आइतबार

वाम गठबन्धनमा खटपट, शुक्रबार फुट्ने तयारी, को हो दोषी ?

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि खटपट देखिएको छ ।

नेकमा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच विवाद बढेपछि गठबन्धनमा खटपट देखिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठबन्धनसहित पार्टी एकता घोषणा गरिएको छ ।

माओवादीसंग विवाद बढेपछि नयाँ शक्ति पार्टीले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएको छ ।

उसले आफूले दावी गरेअनुसार सिट नपाए शुक्रबारसम्म गठबन्धनबाट बाहिरिने अल्टिमेटम दिएको हो ।

‘शुक्रबार हुने पार्टीको केन्द्रीय समितिको बैठक अघि नै सहमति हुन सकेन भने हामी आँखा, चुनाव चिन्ह लिएर अघि बढ्ने छौं’, सिट बाँडफाटका लागि नयाँ शक्तिबाट कार्यादलमा प्रतिनिधित्व गरेका गंगा श्रेष्ठले भने, ‘एमाले होइन, हामीप्रति माओवादी केन्द्र बढी रिजिड भयो ।’