धरान, २६ असोज । सुनसरीका राजनीतिक दल, उपमहानगरपालिकाका कर्मचारी र वातावरण सम्बन्धि एनजिओ चलाएर बसेका पूर्वजनप्रतिनिधि मिलेर भूमाफियालाई अनुकूल हुने गरी जलाधार क्षेत्रको करिब ४२ बिघा जग्गा एक आपसमा बाँडफाट गरेको खुलेको छ ।
सट्टाभर्ना नपाएको पाएको प्रमाण नपुगेको भन्दै सर्वोच्च अदालतले जिविसको आग्रहमा भएको रोक्का जग्गा २०६७ सालमा फुकुवा गरिदिएपछि जलाधार जागाउने नाममा चार वर्षअघि स्थानीय राजनीतिक दलका नेतृत्व, उपमहानगर र एनजिआकर्मी मिलेर भूमाफियाको चाहना अनुरुप नै धरान ४, छोटीमोरंगस्थित जलाधार क्षेत्रको जग्गा बाँडफाट गरिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया