काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रकले ठक्कर दिएको छ ।
कात्तिक २ बाट प्रदर्शनमा आउन लागेको आफ्नो फिल्म ‘रुद्रप्रिया’ को प्रचार प्रसारमा व्यस्त नायिका थापा बुधबार दिउँसो टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा चावाहिलमा मालबाहक ट्रकले धक्का दिँदा कारको धेरै भागमा क्षति पुगेको हो ।
ट्रकको ठक्करबाट रेखालाई भने कुनै चोट लागेको छैन् । घटनापछि रेखा र ट्रक चालक यतिबेला गौशाला प्रहरी वृत्तमा छन् । घटनापछि रेखाले भनिन्- ‘भाग्यले बाँचे ।’
















प्रतिक्रिया