११ मंसिर २०८३, शुक्रबार

‘विप्लव’ र ‘किरण’बीच सुरु भयो पार्टी एकीकरणको पहल

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । एमाले–माओवादी केन्द्रको वाम गठबन्धन निर्माण भएपछि मुलुकको राजनीतिले तरंग ल्याएका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकीकरणको चर्चा सुरु भएको छ ।

नेकपा र क्रान्तिकारी माओवादीबीच पार्टी एकीकरण गरेर वामध्रुबीकरण गर्ने गृहकार्य भएको स्रोतले जनाएको छ ।

कास्कीको लुम्लेमा हालै सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले पनि एमाले–माओवादी केन्द्रको गबन्धन र पार्टी एकीकरणलाई दक्षिणपन्थी अबसरवादीहरूको जमघटको आरोप लगाएको छ ।

बैठकले क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वमा रहेको ‘नेकपा’बीच ध्रुवीकरण गर्ने निर्णय निर्णय गरेको एक नेताले बताए ।

एमाले–माओवादी केन्द्रले वामध्रुवीकरणको तयारी गरिरहेका बेला ‘विप्लव’ र बैद्यको पार्टी एकीकरण हुने कुराले फेरि अर्को तरंग ल्याएको छ । ‘विप्लव’को नेकपासँग पार्टी एकीकरण गर्न बैद्य पनि तयार रहेको स्रोतको दाबी छ ।