१५ कार्तिक २०८३, आइतबार

हत्या गरिएका व्यवसायी गौचन एक वर्षदेखि सुरक्षा ‘थ्रेट’मा रहेको खुलासा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज। राजधानीमा दिनदहाडै गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । गौचनको सोमबार दिउँसो करिब तीन बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको हो ।

एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग (पैसा) मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो ।

त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ, अन्नपूर्णमा खबर छ ।