११ मंसिर २०८३, शुक्रबार

यस्तो आयो एमाले स्थायी कमिटीको निर्णय, उम्मेदवारको छानविन हुने

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ असोज । नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा आज बसेको स्थायी कमिटी बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लाबाट सिफारिस भएका नामहरुमा छानविन गरी अघि बढ्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए । ‘उम्मेदवारीको सम्बन्धनमा अब हामीले छानविन गरेर प्रक्रियामा लैजाने निर्णय गरेका छौं । त्यो प्रक्रियालाई अगाडि बढाउछौं,’ बैठकपछि रावलले सञ्चारकर्मीसँग भने ।

त्यस्तै नेता रावलले निर्वाचन घोषणापत्र छिट्टै तयार पारेर सार्वजनिक गरिने समेत बताए । ‘घोषणापत्रको कामलाई छिटोभन्दा छिटो सम्पन्न गरी सार्वजनिक गर्ने निर्णय भयो,’ उनले भने ।

अरु पार्टीहरुसँगको वार्ता, एकता प्रक्रियाका कुराहरु पनि निरन्तर अगाडि बढाउने निर्णय भएको नेता रावलले जानकारी दिए ।