काठमाडौं, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको अनुसन्धान गर्न प्रहरीले दुई वटा समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्य टोली गठन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए ।
बस्नेतको टोलीमा डिएसपी अजय केसी, अंगुर जिसी, दीपेन्द्र अधिकारी लगायत रहेका छन् ।
घटनाको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महानगरीय अपराध अनुसन्धान महाशाखा, महानगरीय प्रहरी कार्यालय लगायतबाट टोली परिचालन गरिएको प्रवक्ता न्यौपानेले बताए ।
यता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा पनि पाँच सदस्य छानबिन समिति गठन गरेको छ ।











प्रतिक्रिया