काठमाडौं, २४ असोज । निर्वाचनको तयारी र लोकतान्त्रिक गठबन्धनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक बस्ने भएको छ ।
काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि समितिको बैठक बस्ने महासचिव केशव झाले जानकारी दिनुभयो ।
‘निर्वाचनको तयारी स्वरुप राजनीतिक समितिको बैठक बस्न लागेको छ । चुनावी तालमेल, लोकतान्त्रिक गठबन्धनसँगको सहकार्यलगायतका विषयमा छलफल हुनेछ ।’
कांग्रेस नेतृत्वको गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने तयारी गरेको राजपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पनि तालमेल गर्ने सहमति गरिसकेको छ ।











प्रतिक्रिया