३ कार्तिक २०८३, मंगलबार

डिस होम टिभी च्यानलाई धक्का, फिल्म रिलिज गर्न नपाउने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्म हल सञ्चालकहरूले पछिल्लो समय दर्शकलाई सहजीकरणका निम्ति डिस होम टिभी च्यानलबाट एकसाथ फिल्म प्रदर्शन गर्दै आएकोमा विरोध जनाएका छन् ।

सोमबार चलचित्र संघको काठमाडौंस्थित कार्यालयमा बसेको बैठकले चलचित्र संघले हल र डिस होममा एकसाथ फिल्म रिलिज गर्न नपाइने निर्णय गरेको हो ।

बैठकले हलमा फिल्म लागेको कम्तिमा तीन हप्तासम्म डिस होममा रिलिज गर्न नपाइने निर्णय गरेको संघका प्रदीप कुमार उदयले जानकारी दिए । संघले डिस होममा पनि रिलिज हुने फिल्मलाई नचलाउने निर्णय गरेको छ ।

पछिल्लो समय फिल्म ‘मेरो पैसा खै’ हल र डिस होममा एकसाथ रिलिज भएको थियो । कात्तिक २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’ पनि डिसहोममा एकसाथ रिलिज हुने तयारीमा छ ।

फिल्म वितरक गोपाल कायस्थले डिस होम र हलमा फिल्म एकसाथ प्रदर्शन हुँदा फिल्म क्षेत्रलाई घाटा पुग्ने हुदाँ उक्त निर्णय गरेको बताएका छन् । घरमा बसीबसी नयाँ फिल्म हेर्न पाउने भएपछि दर्शकहरू फिल्म हलमा थोरै उपस्थिति देखिएको छ ।