लण्डन, २४ असोज । २१औँ संस्करणको विश्वकप फुटबल रसियामा हुँदैछ र यसका लागि छनोट चरणका खेलहरू लगभग अन्त्यतिर पुगिरहदा विश्वकपमा स्थान सुरक्षित गर्ने होडबाजी नै चलेको छ ।
कूल ३२ राष्ट्रले खेल्ने विश्वकपका लागि अहिलसम्म आयोजक रसियासहित १७ राष्ट्र छनोट भइसकेका छन् ।
रसियाले छनोट नखेली सिधै विश्वकपमा स्थान बनाएको हो । बाँकी १६ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् ।
आइसल्याण्ड छनोट चरण पार गर्दै पहिलो पटक विश्वकपका लागि छनोट भएको छ ।
युरोपबाट आयोजक रसियासहित सर्वाधिक ८ राष्ट्र छनोट भइसकका छन् । एसियाबाट ४, अफ्रिका र उत्तर अमेरिकाबाट २–२ तथा दक्षिण अमेरिकाबाट १ राष्ट्र छनोट भएका छन् ।
युरोपबाट रसिया, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, अष्ट्रिया छनौट भएका छन् । एसियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेविया रहेका छन् भने अफ्रिकाबाट नाइजेरिया, इजिप्ट छनौट भएका छन् ।
उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका तथा दक्षिण अमेरिका र ब्राजिल विश्वकप फुटबलका लागि छनौट भएका छन् । – एजेन्सी















प्रतिक्रिया