१५ कार्तिक २०८३, आइतबार

को हुन् शरदकुमार गौचन ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरूले बताएका छन् ।

सोमबार दिउँसो काठमाडौं शान्तिनगरस्थित घरबाट निस्कन लागेका गौचनलाई गोली हानी हत्या गरिएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता संगठन सहित व्यवसायीहरूले विरोध गर्दै हत्यारालाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

शान्तिको सास फेर्न पाइने आशमा रहेका जनता झस्किएका छन् । उद्यमी, व्यवसायी त्रसित हुन पुगे ।

को हुन् शरदकुमार गौचन ?

हाल काठमाडौं, शान्तिनगरमा घर भएका ५७ वर्षे निर्माण व्यवासयी महासंघका अध्यक्ष शरदकुमार गौचन पोखरामा जन्मेर स्कुलको पढाई सकेको थिए ।

तत्कालीन एसएलसी बोर्डमा पर्न सफल गौचनले काठमाडौं, पुल्चोकबाट ओभरसियर पढेका थिए ।

व्यवसायी क्षेत्रमा आउनुअघि उनले केही वर्ष जागिर समेत गरेका थिए ।

पढाई सकेर व्यवसायीमा लागेका गौचनले निर्माण व्यवसायी क्षेत्रमा झन्डै चार दशक योग्दान गरेका छन् ।