काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गरेपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
अहिले प्रहरीले मोटरसाइकल, स्कूटर र गाडीको डिकी र ब्यागसमेत खोलेर चेक गरिरहेका छन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दका अनुसार उपत्यकामा नाकाबन्दी गरी हत्याराको खोजी भइरहेको छ ।











प्रतिक्रिया